Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

मोरङ


स्थानीय निकायहरू: 17

विवरण:

मोरङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, प्रदेश नं. १मा पर्ने औद्योगिक जिल्ला हो । मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ ।[३] पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक तथा जनसङ्ख्याको हिसाबले नेपालकै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ । बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा बिराट राजा[४]को राजधानीको र मध्यकालमा लिम्बुवानको सबैभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो । मोरङका अन्तिम राजा बुद्धिकर्ण राय खेवाङ हुन् ।[५] वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ । मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ । यो पूर्वमा झापा र पूर्वोत्तरमा यो इलामसँग जोडिएको छ भने उत्तरमा धनकुटा, पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहारसँग यसको सीमाना रहेको छ । वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो । मोरङ जिल्लाको सदरमुकाम प्रमुख औद्योगिक शहर बिराटनगर हो । अनेकौ ससाना खोलाहरूले सिङ्गारिएको यो जिल्ला धार्मिक तथा संस्कृतिक हिसाबले पनि धेरै अग्रस्थानमा रहेको छ । शैक्षिकताको आधारमा पनि यो जिल्ला महत्त्वपूर्ण जिल्ला हो ।[६]

 मोरङ

म्याग्दी


स्थानीय निकायहरू: 6

विवरण:

म्याग्दी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको मध्यपहाडमा अवस्थित जिल्ला हो। पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा बागलुङ, डोल्पा र रुकुम जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बागलुङ जिल्लाले घेरिएको म्याग्दी जिल्ला ८३º०८" देखि ८३º५३" पूर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अन्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ। यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर (२,२९,७०६ हे.) रहेको छ। जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरू (गाउँ पञ्चायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो। हाल यो जिल्लामा ४१ गाविस रहेका छन। २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी नदी पारिका इलाकाहरू क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए। तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पञ्चायत) मात्रै रहेका थिए।

 म्याग्दी

रसुवा


स्थानीय निकायहरू: 5

विवरण:

रसुवा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो। पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिव्वत रहेको छ। आन्तरिक सिमाना छुट्याउने कार्यमा नदी खोलानाला पहाड र बाटोहरू तथा अन्तर्राष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरूको उपस्थिति रहेको छ। मध्यमाञ्चल विकास क्षेत्रको सबैभन्दा कम जनसङ्ख्या र जनघनत्व भएको यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। हिन्दुहरूको पवित्र तिर्थस्थल गोसाइँकुण्ड र यस कुण्डलाई उद्गमस्थल बनाई प्रवाहित त्रिशुली नदीले जिल्लाको वैभव कायम गर्नमा महत्त्वपूर्ण भूमिका निभाएका छन्। प्रशासनिक आधारमा एक संसदीय निर्वाचन क्षेत्र ९ वटा इलाका १८ वटा गाउँ विकास समितिहरू र १६२ वडाहरूमा विभाजन गरिएको यस जिल्लाको सदरमुकाम धुन्चे हो। यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजङ्गलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरूको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ।

 रसुवा

रामेछाप


स्थानीय निकायहरू: 8

विवरण:

रामेछाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो। राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो। राजधानी छोएको काभ्रेपलाञ्चोक जिल्ला, चीनसँग सीमा जोडिएका दोलखा र ओखलढुङ्गा जिल्ला र तराई छोएको सिन्धुली जिल्लाको बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला पर्याप्त श्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ। रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ। नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलाल अधिकारी, शहीद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो। रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ। भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो। विक्रम सम्बत २०५६ को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य महाभारत पर्वत श्रृङ्खलादेखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ। कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ।

 रामेछाप