Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

प्रदेश नं. १


जिल्लाहरू: 14 स्थानीय निकायहरू: 137

विवरण:

प्रदेश नं. १ नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो ।

निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा विराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ।

 Province no 1

वाग्मती प्रदेश


जिल्लाहरू: 13 स्थानीय निकायहरू: 119

विवरण:

बागमती प्रदेश नेपालको सात प्रदेशहरू मध्येको एक हो। यसले नेपालको कुल भौगोलिक क्षेत्रफलमध्ये २०,३०० वर्ग किलोमिटर (१४ प्रतिशत) भूभाग ओगटेको छ। नेपालको संविधान २०७२को अनुसूची ४ मा उल्लेख भए अनुसार यस प्रदेशमा १३ वटा जिल्लाहरू रहेका छन्। यस प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरि कुल ११९ वटा स्थानीय तह रहेका छन्। नेपालको पछिल्लो जनगणना, २०६८ अनुसार नेपालको २ करोड ५६ लाख जनसङ्ख्यामध्ये यस प्रदेश अन्तर्गतका १३ जिल्लाहरूमा ४५ लाख २३ हजार (१८ प्रतिशत) जनसङ्ख्या रहेको तथ्याङ्क छ। यो प्रदेश अन्तर्गत पर्ने जिल्लाहरूमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेमलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ रहेका छन्। यसको अलावा यस प्रदेशमा नेपालको केन्द्रिय राजधानी समेत भएकोले छुट्टै महत्त्व छ।
 Province no 3

लुम्बिनी प्रदेश


जिल्लाहरू: 12 स्थानीय निकायहरू: 108

विवरण:

लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ ले विसं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । यसको स्थायी नाम लुम्बिनी र यस प्रदेशको स्थायी राजधानी "राप्ती उपत्यका (देउखुरी) " मिति २०७७ साल असोज २० ले प्रदेश सभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट नामाकरण गरी पारित गरीएको । 

यस अघि यस प्रदेशको अस्थायी नाम र राजधानी प्रदेश नं. ५ र बुटवल रहेको थियो । यस प्रदेशको उत्तरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश , पश्चिममा सुदुरपश्चिम प्रदेश र दक्षिणमा भारतको उत्तर प्रदेश रहेको छ । यो प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये   पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् ।

यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०६८ बमोजिम कूल जनसंख्याको ४५,४०,२२२(१७.१४ प्रतिशत) जनसंख्या रहेको देखिन्छ । 

यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन  । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ ।

 Province no 5