बाजुरा जिल्ला नेपालको सुदूरपश्चिमाञ्चलको सेती अञ्चलमा अवस्थित एक हिमाली जिल्ला हो। यस जिल्लाको सिमाना बझाङ जिल्ला, हुम्ला जिल्ला, मुगु जिल्ला, कालीकोट जिल्ला र अछाम जिल्लासँग जोडिएको छ। यस जिल्लाको क्षेत्रफल २१८८ वर्ग कि.मि. छ। यो जिल्ला प्रशासनिक हिसाबले पहिला २७ गाविस, ९ इलाका, १ निर्वाचन क्षेत्रमा विभक्त थियो । नयाँ विभाजनअनुसार ९ वटा स्थानीय तहमध्ये ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन् ।