Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

कर्णाली प्रदेश


परिचय


कर्णाली प्रदेश नेपालको संविधान २०७२ ले विसं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो ।

नक्शा:


 Province no 6 Download

चित्रमय प्रतिनिधित्व


जनसंख्या :

Population of Women Vs Men
Population of Province Vs Total Population of Nepal

क्षेत्र:

The contents are not available right now.


जनसंख्या का आधारमाा जिल्लाहरू:

क्षेत्र का आधारमाा जिल्लाहरू:


जिल्लाहरू :

सल्यान


विवरण:

सल्यान नेपालजिल्ला संघीय गणतन्त्र नेपालको प्रदेश नम्बर ६ मा पर्ने एक पहाडी जिल्ला हो ।भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकलेगर्दा यहाँका अधिकांस मानिसहरूकोजीवन कष्टकर रहेको छ ।परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणालीसुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारैपरिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई,नेवार समुदायको बहुल्यता रहेको छ । राप्ती राजमार्गको मध्यखण्डको निर्माण पछि यस जिल्लाको चौतर्फी विकासकोढोका खुल्ला भएको हो । शारदा नदी यस जिल्लाको प्रमुख जलसम्पदाको रूपमा रहेको छ । कुपुण्डेदह यहाँको धार्मिक स्थलकोरूपले प्रसिद्व रहेको छन् । यसका साथै खैरावाङ भगवती मन्दिर रछत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रूपले प्रसिद्व रहेका छन्। यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँप्रसस्त मात्रामा रहेका छन् । अदुवा खेती, अमिलो जातकाफलफूल खेती तथा बाख्रा पालन व्यवसायका साथ कृषि व्यवसायनै यस जिल्लाको प्रमुख व्यवसायको रूपमा रहेको पाईन्छ ।प्रसस्त मात्रामा रहेको प्राकृतिक श्रोत साधनको समुचितउपयोग सहित जिल्लाको चौतर्फी विकासका लागिसबैतिरको प्रतिवद्वता नै यहाँको विकासको मूल आधार हो ।

 सल्यान

मुगु


विवरण:

मुगु नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, कर्णाली अञ्चलको उत्तरी भेगमा अवस्थित विकट,दुर्गम र पिछडिएको पहाडी जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन। नेपालको सबभन्द ठूलो तालको परिचय पाएको रारातालपनि यहि जिल्लाम रहेको छ। राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो। आर्थिक सामाजिक तथा राजनीतिक विकासको दृष्टिकोणले अत्यन्तै पिछडिएको यस जिल्लाको प्रमुख आर्थिक क्रियाकलापमा कृषी, पशुपालन, घरेलु उद्योग र जडीवुटी प्रमुख रहेका छन। स्वास्थ्य शिक्षा जस्ता सामाजिक क्षेत्रमा अत्यन्तै पछाडी परेको मुगुका जनताले सडक यातायातको अभावमा अनियमित र महँङ्गो खाद्यान्न तथा औषधोपचारको सामना गरिरहनु परेको छ। मुगु जिल्ला भौगोलिक विविधतासँगै धार्मिक सांस्कृतिक तथा भेष भूषामा पनि विविधता भएको जिल्ला हो। कुनै ठाउँमा भोटेसेलो छ भने, अर्को ठाउँमा देउडा गीत। त्यसैगरी यस जिल्लामा असुरो देखि यार्चागुम्बा र सिसौ देखि देवदार जस्ता काठहरू पाइने हुनाले यहुको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाइन्छ। त्यसै गरी तराईको गर्मी हावापानी फल्ने आँप, केरा, उखु, पहाडमा पाइने सुन्तला र हिमालमा पाइने स्याउ, नास्पाती जस्ता फलहरू पाइनुका अतिरिक्त बाबियो घाँस देखि बुकी फूल सम्म पाइन्छ। यस जिल्लाको सदरमुकाम गमगढी बजार प्रसिद्ध रारातालको उत्तर-पूर्वमा तथा प्रसिद्ध मुगु कर्णाली नदीको किनारमा रहेको छ। यो श्रीनगरगाविसमा अवस्थित छ। गमगढी बजारको उचाई समुद्री सतह देखि २,२६६ मिटर छ।

 मुगु

जुम्ला


विवरण:

जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ ।खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो । १२ औं सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रूपमा पनि यो जिल्ला चिनिन्छ । यहाँ रैका राजवंश को एक शक्तिशाली राज्य मुकाम थियो । जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो । यिनै ताम्रपत्रमा रैका/राईका आदेशलेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दी पछि डोटी गयो । यहाँका रैका राजा डोटी बिस्थापित भए पछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएको थियो । यस भेगका कल्याल शाही ठकुरीहरू रैका राजा पछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन् ।

 जुम्ला

हुम्ला


विवरण:

हुम्ला नेपालको तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक र हालको कर्णाली प्रदेशमा पर्ने अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । शाके सन् १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना जुवाइँ बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा वि. सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरू भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । वि. सं. २०१८ सालमा भएको नेपालको राजनीतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो ।[२]

 हुम्ला

दैलेख


विवरण:

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य-पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका बिचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ। ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर शिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्लाभित्र लोहोरे छामघाट खोला शिरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वरजस्ता पानीमाथि दीप ज्वाला बल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भौगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ। यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन्। प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनी रहेको छ। विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तीब्र रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन्। जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालीकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानीय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको उत्खनन तथा प्रशोधन भइरहेको छ। यसैगरी दैलेखमा चुनढुङ्गा र अभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाइ रहेको छ। जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ। दैलेखका शिरस्थान, नाभिस्थान, पादुका लगायत क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बलिरहेको छ। धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रूपमा परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उल्यख्य उपस्थिति हुँदै आएको छ। मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटकहरू दैलेखको पञ्चकोशी क्षेत्रमा पुगेर फर्कने गरेका छन्। अब यस क्षेत्रमा मिथेन ग्यास उत्खनन प्रारम्भ हुँदैछ।[२]

 दैलेख