Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

दाङ


स्थानीय निकायहरू: 10

विवरण:

दाङ देउखुरी जिल्ला तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अञ्चल हाल पाँच नम्बर प्रदेशको सबैभन्दा सुगम एवं विकसित जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ। यस जिल्लाको पूर्व पश्चिम लम्बाई ९० कि.मि.र उत्तर दक्षिण चौडाइ ७२ कि.मि.छ। यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम् ७ गाउँपालिका छन्। यस जिल्लाको सबैभन्दा कम उचाइ भएको ठाउँ सिसहनिया गा.वि.स.अन्तरगत पर्ने भानपुर हो, जुन समुद्र सतहदेखि २१३ मिटर उचाइमा रहेको छ। त्यस्तै यस जिल्लाको सबैभन्दा अग्लो उचाइमा रहेको ठाउँ हाँसीपुर गा.वि.स. अन्तर्गत पर्ने अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मिटरको उचाइमा रहेको छ।[१]

 दाङ

दैलेख


स्थानीय निकायहरू: 11

विवरण:

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य-पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका बिचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ। ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर शिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्लाभित्र लोहोरे छामघाट खोला शिरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वरजस्ता पानीमाथि दीप ज्वाला बल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भौगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ। यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन्। प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनी रहेको छ। विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तीब्र रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन्। जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालीकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानीय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको उत्खनन तथा प्रशोधन भइरहेको छ। यसैगरी दैलेखमा चुनढुङ्गा र अभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाइ रहेको छ। जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ। दैलेखका शिरस्थान, नाभिस्थान, पादुका लगायत क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बलिरहेको छ। धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रूपमा परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उल्यख्य उपस्थिति हुँदै आएको छ। मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटकहरू दैलेखको पञ्चकोशी क्षेत्रमा पुगेर फर्कने गरेका छन्। अब यस क्षेत्रमा मिथेन ग्यास उत्खनन प्रारम्भ हुँदैछ।[२]

 दैलेख

दोलखा


स्थानीय निकायहरू: 9

विवरण:

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौँबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।

 दोलखा

धनकुटा


स्थानीय निकायहरू: 7

विवरण:

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । विक्रम सम्बत २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा वि.सं. २०१९ साल बैशाख १ गते तात्कालिन राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो । यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर जिल्ला, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्ला रहेका छन् । यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन् । वि.सं. २०३२ सालमा तत्कालिन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ।

 धनकुटा