Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

ताप्लेजुङ


स्थानीय निकायहरू: 9

विवरण:

ताप्लेजुङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो आफूमा समाबेश गरेको यस जिल्ला मेची अञ्चलको सबैभन्दा ठूलो जिल्ला पनि हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। 

झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम हुँदै यस जिल्लाको सदरमुकाम फुङ्लिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित तेस्रो ठूलो जिल्ला ताप्लेजुङ करीब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ। हिमाली र पहाडी भूबनोटसँगै उत्तर-दक्षीण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। 

सन् २००१मा गरिएको जनगणना अनुसार यहाँको जनसङ्ख्या १३४,६९८ गणना थियो, जसमा महीला/पुरुष्को अनुपात ०.९७को हाराहारीमा छ। जिल्लामा भएका २ वटा निर्बाचन क्षेत्रलाई यहाँको सबभन्दा ठूलो नदी तमोर नदी, सप्तकोशी नदीको एउटा प्रमुख सहायक नदीले छुट्याएको छ।

 ताप्लेजुङ

तेह्रथुम


स्थानीय निकायहरू: 6

विवरण:

तेह्रथुम  सुन्नुहोस् (सहायता जानकारी) नेपालको पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो। पुरानो जिल्ला विभाजनको "पूर्व ४ नम्बर" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काह‍रु मध्येका १३ वटा थुम्काह‍रुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पू‍र्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरूमध्ये निकै अघि नै सडकले जोडीएको जिल्ला हो। नेपालको "चिया क्षेत्र"मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपलेबेमौसमी तरकारी, अदुवा, चिया, दुध, अकवरे खुर्सानी, सुन्तला, कागती तथा औषधीजन्य बहुमुल्य जडीबुटी, अम्लिसो(अम्रिसो), अलैंची लगायतका नगदे वालीहरू लगाइन्छ।[२]

 तेह्रथुम